महिन्द्राले ल्यायो 'बन्डल' अफरमा इन्स्ट्यान्ट क्यास ब्याक योजना

Advertisement

काठमाडौं। अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ को अवसरमा “खुशी आउछ बन्डलमा” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ।

स्क्र्याच कुपनमा न्यूनतम दश हजार देखि एक लाख रुपियाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ।

त्यति मात्र होइन यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने छ।

लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण मार्फत गरिने जनाइएको छ।

Advertisement

Advertisement

Advertisement