नेपाल बंगलादेश बैंकको २० लाख इकाई ऋणपत्र जारी गर्ने तयारि

Advertisement

काठमाडौं।  बैंकहरुले धितोपत्रमा धमाधम ऋणपत्र जारि गर्ने आवेदका छन्।  नेपाल बंगलादेश (एनबी) बैंकले पनि बोर्डसँग २० लाख इकाई ऋणपत्र जारी गर्ने धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

एनबी बैंकले बोर्डको अनुमतिपश्चात १० दशमलव २५ प्रतिशत व्याजदरमा प्रतिइकाई एक हजार रुपियाँका दरमा दुई अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले जारी गर्ने २० लाख इकाईमध्ये आठ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यो ऋणपत्र बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने बैंकले जनाएको छ ।

बैंकले ‘१०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement