पत्रकारलाई तालिम दिन नाफिज र एनबीआईबीच सम्झौता

Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेशनल बैंकिङ इस्टिच्यूट (एनबीआइ) बीचमा सम्झौता भएको छ । आर्थिक पत्रकारलाई बैंकिङ क्षेत्रसँग सम्बन्धीत विषयमा एनबीआइले तालिम दिने सम्बन्धी सम्झौतामा मंगलबार नाफिजका बरिष्ठ उपाध्यक्ष इन्द्र बानिया र एनबीआइका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका थिए ।

एक वर्षसम्म एनबीआइले गर्ने विभिन्न गोष्टि तथा छलफलहरुमा नाफिजका एक जना सदस्यलाई सहभागी गराउने सम्झौतामा उल्लेख छ । त्यस्तैगरि, एनआबीआइले उपलब्ध गराउने विभिन्न एएमएलर सिएफटी लगायतका अनलाइन तालिमहरुमा तीन वर्षसम्म २५ जनालाई सहभागी गराउन सम्झौता भएको छ ।

आर्थिक पत्रकारहरुलाई नेपालको बैकिङ क्षेत्रको बारेमा साक्षार बनाउन एनबीआइ सधै तत्पर रहेको र आर्थिक पत्रकारहरुको सस्था नै एनबीआइसँग सहकार्य गर्न आउदा अझ सहज भएको एनबीआइका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताएका छन् । त्यस्तै सोहि कार्यक्रममा नाफिजका बरिष्ठ उपाध्यक्ष बानियाले आर्थिक क्षेत्रमा कलम चलाइरहका पत्रकारहरुले लेख्ने समाचार सहि र तथ्य परक बनाउन तालिमको आवश्यकलाई एनबीआइले पुरा गर्ने धारण ब्याख्त गरे ।

Advertisement

Advertisement

Advertisement