एक्सेल डेभेलपमेण्ट बैंकको लाभांश पारित

Advertisement

काठमाडौं । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभेलपमेण्ट बैंकको तेह्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस्तै सभाले ५५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ।

चैत ११ गते सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट ११ करोड ७७ लाख ५४ हजार ५७५ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो।

यसैगरि सभाले ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपियाँको ५५ प्रतिशतका दरले ३८ करोड ९ लाख ७० हजार ६८६ रुपियाँ बराबरको हकप्रद शेयर निष्काशन गरेर पूँजीवृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभापछि बसेको पहिलो बैठकले सञ्चालक समिति सदस्य महेन्द्र कुमार गोयललाई सर्वसम्मत रुपले अध्यक्ष चयन गरेको छ । यस्तै हेमराज ढकाल र राजन शर्मा पनि संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि सञ्चालकमा चयन भएका छन् ।

झापा, मोरङ्ग र इलामका विभिन्न भागमा गरी ३० वटा शाखा रहेको बैंकले हालसम्म ५ अर्ब ६५ करोड कर्जा प्रवाह र छ अर्ब ३७ करोड निक्षेप संकलन गरेको छ । बैकले राष्ट्र बैंकको अनुमति लिएर प्रदेश नम्बर १ का सबै जिल्लामा सेवा प्रदान गर्ने तयारी थालेको छ।

Advertisement

Advertisement

Advertisement