नयाँ बर्षको अवसरमा गोद्रेजको २५ प्रतिशत नगद छुटलगायतका अफर

Advertisement

काठमाडौं । विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनहरुको लागि परिचित ब्राण्ड गोद्रेजले नेपाली नयाँ वर्ष २०७६ लाई लक्षित गरी २५ प्रतिशतसम्मको आकर्षक नगद छुट अफर नेपाली बजारमा भित्राएको छ ।

त्यस्तै, गोद्रेजको एयर कन्डिशनरमा निःशुल्क जडानको सुविधासमेत रहेको छ । उक्त योजना चैत्र १४ देखि सीमित अवधिका लागि लागू हुने जनाइएको छ । विगत ६० वर्षको इतिहास बोकेको गोद्रेज ब्राण्डले आफ्ना सबै घरायसी सामग्री रेफ्रिजिरेटर, वासिङ मेशिन, चेष्ट फ्रिजर माइक्रोवभ ओभनमा यो छुट प्राप्त हुनेछ ।

गोद्रेजको रेफ्रिजिरेटरमा १० बर्षसम्मको कम्प्रेसर वारेन्टी तथा फुल्ली अटोमटिक वासिङ मेशिनहरुमा १० बर्षको मोटर वारेन्टी प्रदान गरिने गोद्रेजको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको इओएल प्रालिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement