होण्डाको ‘सम्बन्ध सपनाहरु’ योजनामा विशाल थापाले जिते ५० लाख रुपियाँ

Advertisement

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘सम्बन्ध सपनाहरु’को विजेता घोषणा गरेको छ ।

कम्पनीले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी धुलिखेल काभे्रका विशाल थापालाई ५० लाख नगदसहित विजेता घोषणा गरेको हो ।
कम्पनी स्थापनाको ५० वर्ष पूरा भएको अवसर पारेर होण्डाले ल्याएको यो योजनामा माघ २५ गतेदेखि फागुन २५ गतेसम्ममा २५ हजार दुई सय ६५ जनाको सहभागिता रहेको थियो । कुल सहभागीमध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको कम्पनीले जनाएको हो ।

होण्डाले लक्की ड्र मार्फत छनौट भएका ५० जनालाई आफ्नो योजना फेसबुकमार्फत सेयर गर्नुपर्ने र सबैभन्दा बढी लाइक प्राप्त गर्ने भाग्यशाली विजेताले ५० लाख जित्ने योजना ल्याएको थियो ।

कम्पनीकोे ‘सम्बन्ध सपनाहरुको’ योजनासँग विशाल थापाको डाक्टर बनी जनमानसको सेवा गर्ने सपना मेल खाएको भन्दै कम्पनीले उनलाई विजेता घोषणा गरेको जनाएको छ ।

यस योजनासँग मेल खाने विजेता थापाको भिडियोसहित ३९ वटा भिडियो फेसबुकमा अपलोड गरिएको थियो । जसमध्य विजेता थापाको भिडियोमा सर्वाधिक २४ हजार एक सय ५० लाइक, सेयर र कमेन्ट पुगेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement