विदेशी लगानी भित्राउन विप्लव समूहको सहयोग, नेपाल बन्द फिर्ता

Advertisement

काठमाडौं । सरकारले विदेशी लगानी भित्राउन आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी विदेशी पाउनाहरुमा नकारात्मक सन्देश जानेगरी घोषणा गरिएको नेपाल बन्द नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फिर्ता लिएको छ ।

यसबाट विप्लव समूहले आफू पनि विदेशी लगानी भित्राउन र देशमा आर्र्थिक विकास अघि बढाउने कुरामा आफू सकारात्मक रहेको सन्देश दिन सफल भएको छ । यही समयमा एसईई परीक्षासमेत सञ्चालन भइरहेकोले बन्द फिर्ता गर्न उक्त समूहलाई दबाब पनि बढ्दै गएको थियो । गएको सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गतेलाई घोषणा गरिएको नेपाल बन्द बुधबार फिर्ता लिने निर्णय गरिएको हो ।

सरकारले आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाउँदै आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्न थालेपछि विप्लव समूहको स्थायी समिति बैठकले विरोधमा नेपाल बन्दको घोषणा गरेको थियो । नेपाल बन्दबाहेक सो पार्टीले अरु पनि विरोधका चरणवद्ध कार्यक्रमहरु सार्वजनिक गरेको थियो । बन्दबाहेका विरोधका कार्यक्रम भने कायमै रहेको सो समूहले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement