पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै जान्छौंः एडीबी उपाध्यक्ष

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष चेन चेनले नेपालको उपाध्यक्ष क्षेत्रमा लगानी बढाउँदै जाने बताएका छन् । अर्थमन्त्री युवराज खतिवडासँगको भेटमा उनले राजनीतिक स्थायित्वसँगै नेपालमा विकासका काम गर्ने अवसर बनेको बताउँदै आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउने बताएका हुन् ।

लगानी सम्मेलनमा भाग लिन आएका चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरु सकारात्मक रहेको बताए । उनले वर्तमान सरकारको प्राथमिकता अनुसार खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोस्रो आयोजनाको कार्यान्वयन, दुधकोशी, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने बताए ।

अर्थमन्त्री खतिवडाले सरकारले गएको एक बर्षमा गरेका कामहरु, खासगरी निजी लगानीलाई अनुकुल बनाउन गरिएका नीतिगत सुधारका कुराहरुबारे जानकारी गराएका थिए । उपाध्यक्ष चेनसँग एडीबीका नेपालस्थित आवासीय निर्देशन मुक्थोर खामुदखामोद पनि सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement