जेबिल्स फाइनान्सले गर्यो १.२४ प्रतिशत बोनस सेयर दिने घोषणा

Advertisement

काठमाडौं।  जेबिल्स फाइनान्सले लगानीकर्तालाई एक दशमलव २४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

फाइनान्सको सञ्चालक समितिको बैठकले हाल लिलामीमा बिक्री भइरहेको सेयरपछि कायम हुने चुक्ता पुँजीमा एक दशमलव २४ प्रतिशत बोनसका साथमा कर तिर्न पाँच लाख २८ हजार २९ रुपियाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

फाइनान्सको लिलामी सेयर बिक्रीपश्चात चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार पाँच सय रुपियाँ पुग्नेछ  । हाल यसले तीन लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर लिलामी गरिरहेको छ । तसर्थ, लिलामी सेयर भर्ने लगानीकर्ताले पनि उक्त लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement