सिद्धार्थ बैंकले एशियन लाईफको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंक  र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार आगामी दिनहरुमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने भएका छन्।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईँले हस्ताक्षर गरे।

 

Advertisement

Advertisement

Advertisement