त्रिशुलीको आइपीओ बाँडफाँड, प्रधानमन्त्रीले पाए २० कित्ता

Advertisement

काठमाडौं।  माथिल्लो त्रिशुली-३ 'बी' जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड भएको छ।  मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ताका लागि आवेदन दिएकोमा २० कित्ता पाएका छन् भने  उनकी श्रीमती राधिका शाक्यलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ।

त्यस्तै  एक हजार कित्ताको लागि आवेदन दिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि २० कित्ता नै आईपिओ पाएका छन् भने  यस्तै, उर्जा सचिवलाई पनि २० कित्ता हात परेको छ ।

कम्पनीको आइपीओमा रितपूर्वक आवेदन दिएका कुल एक लाख ५४ हजार पाँच सय ५९ जना लगानीकर्तालाई न्यूनतम २० कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । यसरी बाँडफाँट गर्दा बाँकी रहेको पाँच लाख दुई हजार ६ सय ७० कित्ता सेयर पुनः रितपूर्वक आवेदन दिएकामध्ये ५० हजार दुई सय ६७ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ ।

यसरी त्रिशुलीको आइपीओ एक लाख चार हजार दुई सय ९२ जनाले २० कित्ता र ५० हजार दुई सय ६७ जनाले ३० कित्ताको दरले हात पारेका छन् । कम्पनीले चैत सात देखि ११ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

Advertisement

Advertisement