मुक्तिनाथ विकास बैंकको दुई शाखा एकै साथ सञ्चालनमा

Advertisement

मुक्तिनाथ विकास बैंकले कञ्चनपुरको महेन्द्रनगर र सुर्खेतको विरेन्द्रनगरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे । शाखाको उघाटन गर्दै बिष्टले बैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

वीरेन्द्रनगर शाखाको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी ) ले गरिन् ।

मुक्तिनाथ विकास बैंकल देशभर एक सय १४ वटा शाखा, २२ वटा ए.टि.एम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ ग्रामीण बैंकिङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ए.टि.एम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ ।

Advertisement

Advertisement

Advertisement