काठमाडौँको डल्लु र तीनचुलीमा महालक्ष्मी विकास बैंकको शाखा सञ्चालन

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौँमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौँको डल्लु र तीनचुलीमा शाखा विस्तार गरेको हो । उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९२ पुगेको छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement