अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, स्वदेशी र विदेशी लगानीबीच विभेद गर्दिनः ओली (फोटो फिचर)

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले हरेक बर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय व्यापार मेला यस बर्ष बिहीबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरे ।

सरकारको समेत सहभागितामा हुने गरेको यो मेलाको मुख्य उद्देश्य विशेषगरी निर्यातयोग्य वस्तुहरुको प्रवद्र्धन गर्नु हो । यस पटकको मेलामा स्वदेशी तथा विदेशी गरी २२५ बिक्री तथा प्रदर्शनी कक्ष रहेका छन् । मेलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका उद्यमी व्यवसायीको सहभागिता रहेको महासंघले जनाएको छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायत विधागत क्षेत्रका छुट्टाछुट्टै स्टल रहेको छ । जबमध्ये ८५ बढी स्वदेशी तथा चीनका ९०, भारतका १०, बङ्गलादेशका ४० र पाकिस्तानका दुई स्टल रहेका छन् ।

यस व्यापार मेलामा हस्तकलाका उत्पादन र नेपाल व्यापार एकीकृत रणनीतिअन्तर्गत समेटिएका बढि भ्यालु एडिशन भएका निर्यातयोग्य वस्तुहरु राख्ने गरिन्छ । यस पटक सरकारले गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने आउने विदेशी पाउनाले पनि मेला हेर्न चाहेमा हेर्ने मौका मिल्ने भएको छ । सम्मेलन शुक्रबारबाट सुरु हुँदैछ ।

fncci-trade-fairमेलाको क्रममा अन्तर्राष्ट्रिय खरीदकर्तासँग प्रत्यक्ष अन्तक्र्रिया गराउने लक्ष्यअनुसार चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग शुक्रबार बृहत् अन्तक्र्रिया, व्यावसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतिपत्रमा हस्ताक्षरसमेत गरिने छ । अन्य देशबाट आउने व्यापारिक प्रतिनिधिसँग पनि भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल गरिने महासंघले जनाएको छ । मेला चैत १८ गतेसम्म चल्नेछ ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले स्वदेशी विदेशी दुवै उद्योग र लगानीलाई आकर्षण गर्नेमा कुनै कसर बाँकी नराख्ने बताए । उनले स्वदेशी उद्योगलाई त झनै प्रोत्सान दिइने बताउँदै त्यसमा ढुक्क हुन व्यवसायीहरुलाई आग्रह गरे । ओलीले मुलुकभित्र उद्योग व्यवसायको विकास विस्तार हुनुपर्छ भन्दै सरकार सोहीअनुसार अगाडी बढेको बताए ।

उनले सरकारको आर्थिक विकासको प्रयासमा निजी क्षेत्रबाट सहयोग पाएको पनि बताए । समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सफल पार्ने मुख्य नेतृत्वकर्ता समेत निजी क्षेत्र भएको भन्दै ओलीले लगानी सम्मेलनलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

महासंघकी अध्यक्ष भवानी राणाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मुलुकभित्र आर्थिक क्रियाकलाप बढाउन एक महत्वपूर्ण माध्यम बन्दै आएको बताइन् । उनले विश्व सामुन्ने नेपाललाई लगानीका लागि मुख्य आकर्षक गन्तव्यको रूपमा पहिचान गराई व्यापार तथा लगानी आकर्षण गर्ने मुख्य उद्देश्यले यो मेला प्रत्येक वर्ष यही समयमा आयोजना गर्दै आएको बताइन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मेलालाई नेपालको निर्यात क्षमता बढाउने, स्वदेशी उद्योग बढाउने र स्वदेशी र विदेशी उत्पादकहरु बीच सहकार्य, सहयोग र संयुक्त लगानी विस्तार गर्ने महत्वपूर्ण मंचको रुपमा विकास गर्दै जानुपर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय वजार प्रवद्र्धनमा समेत सघाउ पुरयाउनुको साथै नेपालको व्यापार घाटा कम गर्न मद्दत गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement