आइपीएलमा आज बैंगलोर र मुम्बई भिड्ने

Advertisement

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्स भिड्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुकी सवा आठ  बजे बैंगलोरमा हुनेछ । आफ्नो पहिलो खेल हारेका दुवै टिम आज पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा बैंगलोर चेन्नाइ सुपर किँग्ससँग ७ विकेटले र मुम्बई दिल्ली क्यापिटल्ससँग ३७ रनले पराजित भएको थियो ।

बिराट कोहलीको कप्तानीमा रहेको बैंगलोरमा एबी डे भिलियर्स, सिमरन हेटमेयरलगायतका खेलाडी छन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईमा क्विन्टन डिकक, जस्प्रित बुम्राहलगायतका खेलाडी रहेका छन् ।

यसअघि बुधबार भएको खेलमा किँग्स इलाभेन पञ्जावलाई २८ रनले हराउँदै कोलकाता नाइट राइडर्सले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

घरेलु मैदानमा कोलकाताले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले चार विकेट गुमाउँदै नौं  सय ९० रन मात्रै बनाएपछि कोलकाता बिजयी भएको हो ।

Advertisement

Advertisement

Advertisement