पानी जहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइराला, जुट उद्योगलाई विद्युत महशुल छुट

Advertisement

काठमाडौं । मन्त्रिपरिषदले पानी जहाज कार्यालयको रजिस्टारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पानी जहाज कार्यालयको रजिस्टार नियुक्त गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता गोकुल बास्कोटाले कोइरालालाई नियुक्त गरिएको बताएका हुन् । उनले गत सामबार र त्यसअघि चैत ७ गतेको मन्त्रिपरिषदको निर्णयसमेत सार्वजनिक गरे ।

निर्णयअनुसार सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस समिति समेत गठन गरेको छ । आयोगको अध्यक्षमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र र सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका एक सदस्य, वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र शर्मिला कार्की सिफारिस भएका छन् ।

मन्त्रिपरिषदले विराटनगर जुट मिल्समा भएको भ्रष्टाचार छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीस शेखर पौडेलको संयोजकत्वमा जाँचबुझ समिति बनाइनुका साथै जुट उद्योगलाई विद्युत महशुल छुट दिने निर्णय गरिएको छ । मन्त्रिपरिषदका थप निर्णयहरु यस्ता छन्ः

Advertisement

Advertisement

Advertisement