लगानी सम्मेलन उदघाट्न गर्दै प्रधानमन्त्रीले भने– लगानी गर्नेहरुलाई नेपालमा राम्रो प्रतिफल छ

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार लगानी सम्मेलनको उद्घाटन गरेका छन्। विदेशी लगानी ठूलो मात्रामा भित्राएर संवृद्धि ल्याउने उद्देश्यले आयोजना गरिएको सम्मेलन शनिबारसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै ओलीले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको बताए । उनले नेपालमा लगानी गर्नेहरुले राम्रो प्रतिफल पाएको उदाहरण दिँदै आफूहरुले लगानी अनुकुलताका लागि नीतिगत र प्रशासनिक सुधार गरेको बताए ।

प्रधानमन्त्री ओलीले नीतिगत सुधार गरी प्रतिफलको सुनिश्चितता र प्रतिफल लैजान सहज बनाएको बताउँदै राजनीतिक स्थिरतासँगै नेपालमा लगानीका लागि उत्कृष्ट गन्तव्य निर्माण भएको बताए । अबका दिनमा पूर्वाधार विकासमा सरकारको मात्र नभएर निजी क्षेत्रको पनि लगानी गर्न सक्ने परिस्थिति बनेको उनले बताए ।

ओलीले लगानीकर्ताले परियोजना कार्यान्वयन गर्दा आउने व्यवहारिक समस्यालाई पनि तत्काल समाधान गर्ने बताउँदै नेपालमा लगानी गरी फाइदा लिन आग्रह गरे । सम्मेलनमा विश्वभरबाट आएका छ सय प्रतिनिधिसहित नेपालकै निजी क्षेत्र, गैरआवासीय नेपालीको समेत सहभागिता छ ।

Advertisement

Advertisement

Advertisement