यूनिभर्सल पावरको वार्षिक साधारणसभा जेठ २० गते

यूनिभर्सल पावर

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले २०७४/७५ को वार्षिक साधारणसभा आगामी २०७६ जेठ २० गते गर्ने भएको छ । उक्त निर्णय कम्पनीको २०७५ चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

उक्त सभाले कम्पनीको कम्पनी सचिव परिवर्तन गरी देबबहादुर श्रेष्ठलाई नियुक्त गर्दै छ । साथै, कम्पनीका संचालक पुष्पेन्द्र भट्टराईले दिएका राजीनामालाई जेठ २० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।

united