नेप्सेले माग्यो ब्रोकरहरुको शाखा विस्तारका लागि बिजनेस प्लान

Advertisement

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले ब्रोकरहरुको शाखा विस्तारका लागि पाँच वर्षको व्यावसायिक योजना (बिजनेस प्लान) मागेको छ । ब्रोकरहरुले देशव्यापी शाखा विस्तार गर्न माग गरेपछि धितोपत्र बोर्डले नेप्सेलाई कार्य अघि बढाउन निर्देशन दिएको थियो ।

सोही अनुसार नेप्सेले देशभर शाखा विस्तारका लागि कम्तिमा पनि ५ वर्षसम्मको व्यावसायिक योजना मागेको हो । यससँगै कम्पनीको आर्थिक तथा भौतिक क्षमता, हाल कायम रहेको पूर्वाधार, विस्तृत ठेगाना र सम्पर्क व्यक्तिलगायतका तथ्यगत विवरण पनि पेश गर्न भनिएको छ ।



 

Advertisement

Advertisement

Advertisement