लगानी सम्मेलनमा उद्योगमन्त्री यादवले नै पाएनन् सिट

Advertisement

काठमाडौं । लगानी सम्मेलनको भव्य उद्घाटन समारोहमा सरोकारवाला मन्त्री मात्रिका यादवले नै सिट पाएनन् । मञ्चमा सिट नपाए पनि दर्शकदिर्घातर्फ अल्लिो लहरमा सिट खोज्दै गएका मन्त्री यादवले कतै खाली सिट नभेटेपछि आक्रोसित मुद्रामा फर्किएर हलको अन्तिम लहरमा बसे ।

उनलाई बसौं भनेर सिट छोड्ने पनि कोही भएनन् । त न लगानी बोर्डका कर्मचारीहरुले नै मन्त्री यादवका लागि सिट व्यवस्थापन गर्ने प्रंयास गरेको देखियो । लगानी सम्मेलनसँग प्रत्यक्ष जोडिएका दुई मन्त्रालय अर्थ र उद्योग, बाणिज्य तथा आपूर्तिमध्ये अर्थमन्त्री मञ्चमा शानका साथ बसिरहेका थिए । तर, उद्योगमन्त्रीलाई त्यति अवसर नभए पनि दर्शकदिर्घामा सिट सुरक्षित गर्नेतर्फ लगानी बोर्डले ध्यान पुर्याएको देखिएन् ।

उद्योग र लगानीसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रीलाई नै भूमिकाबिहीन बनाउने र उपेक्षा गर्ने कुरा उचित नभए पनि मन्त्री यादवले आफ्नो असन्तुष्टिलाई सार्वजनिकरुपमा पोखेनन् ।

Advertisement

Advertisement

Advertisement