अख्तियारद्वारा ३५ हजार नगदसहित वन कर्मचारी पक्राउ

Advertisement

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ ।

सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज ३५ हजार रुपियाँ रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement