नेपाल बंगलादेश बैंक र एनबीआईबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूट (एनबीआई)बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह र एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापाले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ ।

बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एप बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्ने छ ।

साथै बैंकले एनबीआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ ।

Advertisement

Advertisement

Advertisement