प्रदेश २ ले एसईई परीक्षा सञ्चालन गर्न सकेन्, श्रृखलावद्धरुपमा प्रश्नपत्र बाहिरियो

Advertisement

काठमाडौं । प्रदेश २ मा श्रृखलावद्धरुपमा एसईई परीक्षाका प्रश्नपत्रहरु बाहिरिएका छन् । बिहीबारको विज्ञान विषय र शुक्रबारको सामाजिक विषयको प्रश्नपत्र बाहिरिएकोमा शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ।

यस बर्षदेखि एसईई परीक्षा गराउने जिम्मा केन्द्रले प्रदेश सरकारलाई दिएकोमा प्रदेश सरकारले यसलाई सफल बनाउन असफल भएको हो । शनिबारको परीक्षा तयारीबारे बुझ्न सम्वन्धित क्षेत्रमा खटिएको टोलीले शनिबारको प्रश्नपत्र पनि बाहिरिएको पुष्टि गरेसँगै सो परीक्षा पनि स्थगित हुने देखिएको छ ।

शुक्रबार सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि सो परीक्षा रद्द गरिएको थियो । सोही विरोधमा विद्यार्थीहरु पढन छोडेर तोडफोड र आगजनीमा उत्रिएका थिए । श्रृखलावद्धरुपमा प्रश्नपत्रहरु बारिरिएपछि अबको परीक्षा के कसरी गर्ने ? भन्ने कुरामा शिक्षा मन्त्रालय नै अन्योलमा परेको छ ।

राससका अनुसार भने सरकारले एसईर्इ परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी)लाई दिने निर्णय गरेको छ ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

सिआइवीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्ने छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसइई परीक्षाको बिहीबार प्रदेश नं २ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको छ । यस्तै बैठकले ७७ जिल्लामा अबदेखि सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ ।शनिबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड÷ फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकतर्फ कृषि तथा माछापालन, इलेक्ट्रिकल व्यवस्थापन र उपकरण, कम्प्युटर तथा सर्भे इञ्जिनीयर र म्युजिक अफ नेपाल विषयको परीक्षा हुनेछ ।

शनिबार हुने ती विषयको प्रश्नपत्र ठीक छ वा छैन भनेर आज साँझ ६ बजेसम्म मुचुल्का परीक्षण गर्ने निर्णय गरिएको स्वकीय सचिव केसीले बताउनुभयो । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ ।

Advertisement

Advertisement

Advertisement