एसईई परीक्षा स्थगनको विरोधमा बाराका विद्यार्थीहरु पढ्न छोडेर ढुँगामुढा गर्न सुुरु

Advertisement

बारा । श्रृखलावद्धरुपमा प्रश्नपत्रहरु बाहिरिएसँगै केन्द्र सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि यहाँका विद्यार्थीहरु पढ्न छोडेर ढुँगामुढा गर्न सडकमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका बाराको जितपुरमा विद्यार्थीहरुले जितपुर प्रहरी कार्यालयमा ढुँगामुढा गर्न गरिरहेका छन् ।

विद्यार्थीहरुको विरोधमा उत्रिएकाले प्रहरीले धेरै हस्तक्षेप गर्न नसके पनि विद्यार्थीहरुले भने प्रहरी कार्यालयलाई नै घेराबन्दी गरेर ढुँगामुढा गरिरहेका छन् । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेर नियन्त्रणको प्रयास गरेको पनि आक्रोसित विद्यार्थीलाई संयमित बनाउन यहाँका विद्यार्थी संगठनदेखि राजनीतिक दलहरु मौन बसेका छन् ।
झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र एक प्रहरी घाइते भएका छन् ।

Advertisement

Advertisement

Advertisement