लगानी अनुकुल बाताबरण बने एक खर्ब बढि लगानी गर्ने विश्व बैंकअन्तर्गतको आइफएसीको इच्छा

Advertisement

काठमाडौं । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का प्रतिनिधिले नेपालमा लगानी अनुकुल बाताबरणमा सुधार आए एक अर्ब अमेरिकी डलर (एक खर्ब रुपियाँभन्दा बढि) लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।

हाल नेपालको कतिपय जलविद्युत आयोजनामा समेत लगानी गरेको आइएफसीले शर्तसहित लगानीको इच्छा देखाएको हो । आइएफसीका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले नेपालमा लगानीको बाताबरणमा सुधार आए आउँदो चार वर्षभित्र एक अर्ब अमेरिकी डलरसम्म नेपालका जलविद्युत र भौतिक पूर्वाधारका आयोजनामा लगानी गर्न सकिने बताएका हुन् ।

निजी क्षेत्रको सशक्तिकरणमा जोड दिने गरेको आइएफसीका उपाध्यक्ष पिटरले लगानी प्रवद्र्धनका लागि निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनु जरुरी रहेको भन्दै नेपालमा ठूलो मात्रामा वैदेशिक पुँजी र प्रविधि भित्राउन पनि नेपालको निजी क्षेत्रले वैदेशिक लगानीकर्तासँग मिलेर काम गर्नु जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement