शिवम् सिमेन्ट्सको साधारण सभा बैशाख ९ गते

Advertisement

काठमाडौं । शिवम् सिमेन्ट्सले आगामी बैशाख ९ गते गत आर्थिक वर्ष २०७४/७५ को साधारण सभा (एजीएम) गर्ने भएको छ । चैत १३ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम ४ अर्ब ४० करोड चुक्ता पूँजीको १५.७८९५ प्रतिशत (कर सहित ६९ करोड ४७ लाख ३८ हजार रुपियाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरि उद्योगको क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधिकरण, चुनढुङ्गा तथा खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्ने, थप क्षेत्रमा अन्वेषण गर्ने, जग्गा खरिद तथा वन कार्यालयलको नाममा सट्टा जग्गा उपलब्ध गराउनुपर्ने जग्गाको हक हस्तान्तरण गर्न सञ्चालकलाइ समतिलाई पूर्ण अख्तियारी दिने रहेको छ ।

यस्तै समान उदेश्य भएका अन्य कम्पनी प्राप्ती गर्ने वा अन्य कम्पनीहरुको शेयर खरिद गरि उद्योग स्थापनाको कार्य गर्न तथा शेयरधनीको हितलाई ध्यानमा अन्य कुनै परियोजनामा लगानी गर्ने सम्बन्धि सम्पुर्ण काम गर्नसक्ने गरि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा लिनु परेको खण्डमा आवश्यकता अनुसार निर्णय गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक चार वर्षे कार्यकालका लागि निर्वाचन गर्ने लगायतका रहेका छन्।

 

Advertisement

Advertisement

Advertisement