गरिमा विकास बैंकको एकै दिन ४ नयाँ शाखा सञ्चालनमा

Advertisement

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

बीरेन्द्रनगर शाखा कार्यालयको बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले, चप्परगौडी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेलले, बेसीशहर शाखा कार्यालयको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले र बट्टार शाखा कार्यालयको विदुर नगरपालिकाका सञ्जु पंडितले उद्घाटन गरेका हुन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १८ वटा एटीएम संचालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement