गुराँस लाइफको एजीएम चैत २१ गते, २८ गतेदेखि ५० प्रतिशत हकप्रद पनि खुल्दै

Advertisement

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सले चैत २१ गते वार्षिक साधारण सभा (एजीएम) बोलाएको छ । सभामा अघिल्लो आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश हुनेछ । बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि हुनेछ ।

यसैगरी, पुँजी वृद्धिका लागि पुनः १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । ५० प्रतिशत हकप्रद र बोनस सेयरपछि कायम ९३ करोड ८५ लाख २० हजार रुपियाँ पुँजीबाट फेरि १०० प्रतिशत हकप्रद जारी गर्न लागिएको हो । अहिले यसको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपियाँ छ ।

यसैगरी, गुराँस लाइफ इन्सुरेन्सको चैत २८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर पनि खुल्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद भर्ने अन्तिम म्याद जेष्ठ १ गतेसम्म हुनेछ ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । चैत ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लक्ष्मी बैंकको महाराजगञ्ज काठमाडौं, पुल्चोक ललितपुरबाट आवेदन दिन सकिनेछ ।

यसैगरी, वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट आवेदन दिन मिल्नेछ । यस्तै, इटहरी, दमक, धरान, लहान, वालिङ, वीरेन्द्रनगर, घोराही, जलेश्वरबाट आवेदन दिन मिल्ल्नेछ । श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटा शाखाबाट पनि हकप्रद भर्न पाइने व्यवस्था मिलाइएको छ । यस्तै, लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर, काठमाडौं र सि–आस्वाबाट पनि आवेदन दिन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement