अन्तर्राष्ट्रिय व्यापार मेलामा म्याग्दीको भीरमह र जडिबुटी

Advertisement

शनिबार काठमाडौँमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भीरमह र जडीबुटीलेसमेत महत्व पाएको छ ।

व्यापार मेला प्रदर्शनीमा जिल्लामा बहुमूल्य जडीबुटीको खानी मानिने मुदी तथा आसपासका क्षेत्रमा पाइने जडीबुटी र भीरमहको प्रर्दशनीसमेत गरिएको र प्रदर्शनीमा राखिएको भीरमह सबै बिक्री भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।

उहाँका अनुसार, म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा शुद्ध भीरमह र जडीबुटीको बिक्री वितरणका लागि आशमान गुरुङको मोइन्वा टे«डर्सले स्टल राखेको थियो । म्याग्दीको एक मात्रै स्टलमा भीरमहको अन्तर्राष्ट्रिय बजारका बारेमा समेत चासो व्यक्त गरिएको उहाँले बताए । मुदीमा पाइने यार्सागुम्बासहितका जडीबुटीको माग देशमा भन्दा अन्तर्राष्ट्रिय बजारमा धेरै भएको उपाध्यक्ष श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement