नेपाल सरकार र एनआरएनएबीच १० अर्व लगानी भित्र्याउने प्रतिवध्दतासहितको सम्झौता

Advertisement

काठमाडौं । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारबीच १० अर्ब रुपियाँ लगानी भित्र्याउने प्रतिवध्दतासहित हस्ताक्षर भएको छ । नेपाल सरकारको ‘समृध्द नेपाल र सुखी नेपाली’ अभियानमा गैर आवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामुहिक लगानी कोष खडा गर्ने विषयमा सो समझदारी भएको हो ।

यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसार कम्मनी खडा गरिने छ र प्रारम्भिक चरणमा सहित समझदारी भएको छ । यस कोष मार्फत नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालीको हितमा रहने साना ठूला परियोजनाहरुमा लगानी गरिने छ ।

यस समझदारीको आधारमा स्थापना हुने कम्पनीले गैरआवासीय नेपाली संघको संजालको उपयोग गरी राष्ट्र निर्माणको अभियानमा समस्त गैरआवासीय नेपालीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउने संघले प्रतिवध्दता व्यक्त गरेको छ ।

समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र संघका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका हुन् ।

सम्मेलनमा गैरआवासीय नेपाली संघको प्रस्ताव अनुसार कोष निर्माणका लागि अनुकुल वातावरण र परिस्थिति सिर्जना गरिदिने सरकारको प्रतिवद्धता साथ समझदारीमा हस्ताक्षर भएकोमा संघले आभार व्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement