सनराइज बैंकको नयाँ शाखा ललितपुरको ठेंचोमा

Advertisement

काठमाडौं । सनराइज बैंकको नयाँ शाखा ललितपुरको ठेंचो विस्तार भएको छ । गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ईबच्छराज तातेडले एक कार्यक्रमकाबीच उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा संचालक समितिका सदस्यहरु ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरू उपस्थिति रहेको थियो ।

बैंकको शाखा संख्या १०४ वटा पुगेको छ भने २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement