जाजरकोटका तीन स्थानीय तहमा पुगेनन् बैंक

Advertisement

जाजरकोट । जाजरकोटका तीन स्थानीय तहमा बैंक स्थापना नहुँदा सो सम्बन्धी कारोवारका लागि स्थानीयवासी सदरमुकाम खलङ्गा जान बाध्य छन् ।

बैंक कारोबारका लागि सुरक्षा व्यवस्था प्रभावकारी नहुँदा जिल्लाका जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकामा बैंक स्थापना हुन नसकेको हो । ती गाउँपालिकाको बैकिङ्ग कारोवारदेखि कार्यालय सञ्चालन समेत सदरमुकामबाट नै हुँदै आएको छ ।

बैंक स्थापना हुने कुशे–६ भाम, बारेकोट–२ लिम्सा र जुनीचाँदे–४ लुहादहमा प्रहरी चौकी छैन । सुरक्षाकै लागि तीन गाउँपालिका र एक नगरपालिकामा बैंक सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट माग गरिएको भए पनि सम्बोधन भएको छैन् । सुरक्षा अभाव भएको भन्दै कृषि विकास बैंकले आफ्नो शाखा सञ्चालनका लागि ती गाउँपालिकामा घर भाडा लिएको तीन महिना भईसक्दा पनि सेवा प्रवाह हुन सकेको छैन् ।

कृषि विकास बैंक क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक रामचन्द्र आचार्यले सुरक्षा र सञ्चारको समस्य भएकाले काम गर्न समस्या भएको बताए  ।

त्यस्तै छेडागाड नरपालिकाको थलह बजारमा जनता बैंक स्थापना भएर सेवा आरम्भ गरिसकेको भए पनि अहिलेसम्म सुरक्षा पोस्ट नहुँदा एक घण्टा टाढा रहेको बडावन इलाका प्रहरीले सुरक्षा दिँदैै आएको छ ।

बारेकोट गाउँपालिकाबाट दुई दिन हिँडेर सदरमुकाम आइ काम गर्नुपर्ने बाध्यता आएको र बीचमा पैसा लिएर जाँदा असुरक्षा बढेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement