मन्त्रिपरिषदबाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

Advertisement

काठमाडौं । खानेपानीमन्त्री बिना मगरको विदेश भ्रमण मन्त्रिपरिषद्को बैठकले अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो।

मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो ।

स्रोतका अनुसार सामान्यतया बहालवाला मन्त्रीको विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद्को बैठकले अस्वीकार गर्दैन। अनावश्यक विदेश भ्रमणबाट राज्यको करोडौंको व्ययभार बढेको समाचार आउन थालेपछि सरकारले विदेश भ्रमणमा कडाइ गर्न थालेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

Advertisement

Advertisement

Advertisement