दराजले आज ‘ब्रान्ड डे’मा टाइटनका घडीहरुमा विशेष छुट दिँदै

Advertisement

काठमाडौं । अनलाइन सपिङ दराजले आज (सोमबार) प्रख्यात ब्रान्ड टाइटनका साथमा ‘ब्रान्ड डे’ मनाउँदै छ । एक दिनको लागि मात्र खुला रहेको यस ‘ब्रान्ड डे’ मा ग्रहकहरुले टाइटनका सबै घडीहरुमा २० प्रतिशत छुट, निःशुल्क वितरण तथा २ हजार रुपियाँसम्मको भउचरहरु पाइनेछन् ।

दराजको दराजमल र टाइटनको अधिकृत बिक्रेतामार्फत सोमबार राती २३ः५९ बजेसम्म घडी खरिद गर्दा मात्र यो अफर पाइने कम्पनीले जनाएको छ । यस्तै, बिहान १०ः०० बजेदेखि दिउँसो २ बजेसम्म टाइटनको खास मोडलहरुमा न्यूनतम ३० प्रतिशत छुट दिईने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

साथै, ५ हजार रुपियाँसम्मको कलेक्टीभ भाउचरहरु प्रदान गरिनेछ । यसैगरी, ५ भाग्यशाली उपभोक्ताहरुले २ हजार रुपियाँको भाउचरहरु जित्ने मौका पनि पाउनेछन् । टाइटनका घडीहरु उत्कृष्ट गुण्स्तरका, विश्वसनीय तथा सुपथ मूल्यमा पाइने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement