हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

Advertisement

काठमाडौं । गएरातिको विनाशकारी हावाहुरीबाट गम्भीर घाइते भएका बारा र पर्साका छ जना घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार नसकेपछि उनीहरुलाई नेपाली सेनाको हेलिप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

हावाहुरीका कारण बारा र पर्सामा गरी २८ जनाको मृत्यु भएको छ । घटनामा ४ सय भन्दा बढी घाइते भएका छन्। उनीहरुको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेनाको मेडिकल टोली घटनास्थलमा खटिएका थिए । सेनाको एक वटालीयन उद्दारमा रहेको र उनीहरुले भत्केका र अवरुद्ध सडक खुलाउने काम गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement