बागबजारमा राष्ट्रिय पोसाकको सोरुम सञ्चालनमा

Advertisement

काठमाडौं । काठमाडौंको बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोसाक सञ्चालनमा आएको छ। २०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सर्टिङरसुटिङ सेवा दिँदै आएको समूहले नेपाली पोसाकको सोरुम सुरु गरेको हो।

सोरुममा नेपाली पोसाकका सम्पूर्ण आइटम पाइनुका साथै अर्डर अनुसार तयार गरिने सञ्चालक संगीता प्रधानले जानकारी गराइन्। सोरुममा दुलाहाका लागि आवश्यक नेपाली पोसाकको सम्पूर्ण सेट समेत उपलब्ध रहेको जानकारी दिईएको छ।

सोरुममा एक हजार सात सय रुपियाँदेखि सात हजार रुपियाँसम्मका नेपाली पोसाक पाइने प्रधानको भनाइ छ। प्रधान भन्छिन्, ‘सोरुममा ढाका टोपी, कालो टोपी, राष्ट्रिय झन्डा विवाहको दौरा, सुरुवाल, वेस्ट तथा ज्वारी कोट, ढाकाको जुत्ता पाइन्छ।’ राष्ट्रिय पोसाकप्रति ग्राहकको रुची र मागका कारण सम्पूर्ण राष्ट्रिय पोसाक पाइने शोरुम सञ्चालन गरिएको प्रधान बताउँछिन्।

बागबजार पिके क्याम्पसअगाडि रहेको स्ट्यान्डर्ड राष्ट्रिय पोसाकमा बच्चाको लागि पनि सम्पूर्ण सेट पाइने जनाइएको छ। नयाँ वर्ष २०७६ को अवसरमा सोरुमले १५ चैतदेखि वैशाख महिनाभर १५ प्रतिशत छुट दिएको विज्ञप्तीमा उल्लेख छ।

Advertisement

Advertisement

Advertisement