राष्ट्र बैंकले सार्वजनिक गर्यो २०७६ सालको ‘बैंकिङ होलिडे’ (सूचिसहित)

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं. २०७६ सालका लागि बैंकिङ विदाको सूचि सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सोमबार २०७६ सालमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पाउने विदा पर्व, दिवस, जात्राका अवसर गरी २१ वा वित्तीय संस्था बन्द हुने दिनको सूचि सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले दशैंका लागि कात्तिक १८ गतेदेखि २२ गतेसम्म(फूलपातीदेखि एकादशीसम्म) विदा दिइनेछ भने दीपावलीको बेला लक्ष्मीपूजादेखि भाइटीकासम्म बैंकहरु विदा हुने जानकारी दिएको छ ।

२०७६ बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंकिङ कारोबारको समय निर्धारण गरिएको छ । साथै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बैंकिङ कारोबार हुने उल्लेख छ । प्रत्येक शुक्रबार भने बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म मात्र बैंकिङ कारोबार हुने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेख छ ।

नयाँ वर्षका लागि बैंकिङ् बिदाको सूचि यस्तो छः

 ‘बैंकिङ होलिडे’

Advertisement

Advertisement

Advertisement