हिमालय एअरलाइन्सको अबुधाबीमा नयाँ सञ्जाल विस्तार

Advertisement

काठमाडौं । नेपालको निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय उड्डयन सेवा हिमालय एअरलाइन्स्ले यूएईको अवुधावीमा पनि उडान सुरु गरेको छ । एअरलाइन्स्ले युएईको सम्पन्न र व्यस्त शहर अबुधाबीमा हप्ताको तीन दिन उडान भर्ने जनाएको छ ।

कम्पनीले यो नेपाली हवाई सञ्जाल मध्यपूर्वी मुलुकमा विस्तार गर्ने र सम्बन्ध अझ मजबूत बनाउने प्रतिबद्धताको प्रतिफल भएको बताएको छ । हिमालय एअरलाइन्स्को एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उद्घाटन उडान गरेको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रुसहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो ।

फीर्ति उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रुसहित एचनाइन ५६८ विमान अप्रिल १ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अतवरण गरेको कम्पनीले जानकारी दिएको छ ।

युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्सले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ । प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्घारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्स्ले आफ्नो नयाँ उडान भर्ने कम्पनीको भनाई छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं र अबुधावी दुवै बजारमा व्यापक माग रहेको बताउँदै ग्राहकको मागअनुरुप अबुधावी उडान सुरु गरेको बताएका छन् । उनले सेवा सञ्चालनको तीन बर्ष पूरा हुन लागेको अवसर पारेर अबुधावीलाई हिमालय एयरलाइन्सको सञ्जालमा जोड्न सफल भएको बताएका छन् ।
तेल र व्यवसायमा ठूलो छलाङ मारेको युएईको राजधानी र दोस्रो बढी जनसंख्या भएको शहर हो, अबुधाबी । विश्वकै पर्यटकीय आकर्षणको रुपमा चर्चित शहर अबुधाबीमा घुम्न पर्यटकहरु सदा लालायित देखिन्छन् ।

Advertisement

Advertisement

Advertisement