बानेश्वरमा कामना सेवा विकास बैंकको ७८औं शाखा सञ्चालन

Advertisement

काठमाडौं। कामना सेवा विकास बैंकले बानेश्वरमा ७८ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा नयाँ शाखाबाट कारोबार शुभारम्भ गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले राजधानीमा यो सहित कामना सेवाको शाखा ६ वटा पुगेको जानकारी दिए । राजधानीमा थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने उनको भनाई थियो । बैंकले हालै प्रस्तुत गरेको विभिन्न प्रोडक्ट्सहरुको बारेमा पनि जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement