बुटवलको मैनाबगरमा पुग्यो कामना सेवा विकास बैंक

Advertisement

काठमाडौं।  कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा बुटवल नगरपालिकाको मैनाबगरमा आज ७९ औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरे । सञ्चालक तुलाचनले उक्त शाखाको समुद्घाटन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिए ।

बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा एटीएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement