राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर अमर्यादित ढंगले फेसबुकमा पोष्ट गरेको भन्दै एकजना पक्राउ

Advertisement

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर विगारेर सामाजिक सञ्जालमा पोष्ट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पाल्पा परान्दी स्थायी घर रहेका बर्ष २२ का निर्मल गैरेलाई नयाँ ठिमी, भक्तपुरबाट पक्राउ गरेको हो ।

व्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको विषयमा अत्यन्त अमर्यादित, अशोभनीय देखिने तस्विर पोष्ट गरी मानमर्दन गरेको भन्दै गैरेलाई पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । उक्त ऐनअनुसार दोषी ठहर भए पाँच बर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुवै हुनसक्छ ।

Advertisement

Advertisement

Advertisement