काठमाडौं। नेपाल ग्यास उद्योग संघले हावाहुरी पीडितलाई एक लाख पाँच हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। संघको सोमबार बसेको आकस्मिक बैठकले यो रकम दिने निर्णय गरेको हो।
आइतबार गएको हावाहुरीबाट बारा र पर्सामा २९ जनाको मुत्यु र तीन सय ७५ घाइते भएका छन्। योसँगै सो क्षेत्रमा सयौं घरमा क्षति भएको छ।
संघका अध्यक्ष गोकुल भण्डारीले हावाहुरीबाट प्रभावितलाई तत्कालै राहत पुर्याउन सहयोग दिने निर्णय गरेको बताए। उनका अनुसार रकम प्रदेश २को मुख्यमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ।‘हामीले तत्कालै प्रभावित क्षेत्रमा सहयोग पुगोस भनेर मूख्यमन्त्री राहत कोषमा रकम हस्तान्तरण गर्ने निर्णय गरेका हौं।’ उनले भने,’विपतका बेलामा निजी क्षेत्रको सहयोग महतुवपूर्ण हुन्छ त्यसैले हामी अग्रसर भएका हौं।’