टाटा ट्रस्ट र सिप्रदीयनको सहकार्यमा विद्यालय भवन हस्तान्तरण

Advertisement

काठमाडौं । टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको वलेफी गाउपालिका ४ नवनिर्मित विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित १२ कोठे भवन अत्याधुनिक भुकम्प प्रतिरोधी तथा अपाङ्ग मैत्रि रहेको छ । भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।

त्यसैगरी, उक्त भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय गिरिराजमणि पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल, सिप्रदी कम्पनिजका सिईओ राजनबाबु श्रेष्ठ, सिओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानुफ्याक्चरिङ हेड (कर्पोरेट भेइकल विजनेस युनिट) अजयलाल र टाटा ट्रस्टका सिओओ हरिसकृष्ण स्वामीको उपस्थिमा हस्तारण गरिएको छ ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभको समन्वयमा सातवटा विद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ ।

शारदा उच्च माध्यमिक बिद्यालय र जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भईसकेको छ भने अन्य विद्यालयहरु क्रमश कुपकन्या माध्यमिक विद्यालय, मार्मिङ आधारभुत बिद्यालय, तपी नारायण आधारभुत बिद्यालय, जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ ।

Advertisement

Advertisement

Advertisement