भीषण हावाहुरीबाट प्रभावित परिवारलाई महालक्ष्मी विकास बैंकको सहयोग

Advertisement

काठमाडौं।  महालक्ष्मी विकास बैंकद्धारा भीषण हावाहुरीबाट प्रभावित बनेका परिवारलाई राहत सामाग्री वितरण गरेको छ । बारा र पर्सा जिल्लाका शाखाहरु विरगंज, कलैया तथा प्रसौनी शाखाहरुको तर्फबाट बारा र पर्सा क्षेत्रका विभिन्न स्थानहरुमा आइतबार भएको भीषण हावाहुरीबाट प्रभावित मानिसहरुको उद्धारका लागि राहत सामाग्री वितरण गरेको हो ।

बैंकका तर्फबाट पीडित व्यक्तिहरुलाई रु. १ लाख बराबरको खाद्य सामाग्री, शुद्ध पिउने पानी लगायत तत्काल आवश्यक पर्ने सामानहरु वितरण गरेको छ । बैंकले हावाहुरीबाट ज्यान गुमाउने व्यक्तिहरुका शोक सन्तप्त परिवारहरुप्रति समवेदना व्यक्त गर्नुका साथै आफ्ना शाखाहरु मार्फत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement