हायात रिजेन्सी र तारागाउँको जग्गा विवाद छानबिन प्रतिवेदनः अपारदर्शी निर्णय भएको ठहर

Advertisement

काठमाडौं । हायात रिजेन्सी होटल र तारागाउँबीचको जग्गा विवादको छानविन गर्न बनेको संसदीय उपसमितिले तारागाउँ र हायात होटलबीचको जग्गा भाडा सम्झौता रद्द गर्नुपर्ने ठहर गरेको छ । उपसमिति मंगलबार अन्तर्राष्ट्रिय समिति समितिलाई प्रतिवेदन बुझाएको छ ।

चाँडै सार्वजनिक गर्ने जनाइएको प्रतिवेदनमा सम्झौता नियमविपरित रहेको ठहर गरेको हो । उक्त विवादको विषय बाहिर आएपछि समितिले छानविन गर्न अग्नी सापकोटाको नेतृत्वको उपसमिति बनाएको थियो । उपसमितिले यससम्वन्धी निर्णय अपारदर्शी ढंगले भएको भन्दै जग्गा विवाद समाधानका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने र शेयर विवादका विषयमा अख्तियारले छानबिन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन दिएको छ ।

Advertisement

Advertisement

Advertisement