पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ कार्यसमिति चयन

Advertisement

काठमाडौं । पाटा नेपाल स्टुडेन्ट च्याप्टरले यही चैत्र १६ गतेका दिन बसेको वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । पब्लिक यूथ क्यामप्समा अध्ययनरत बीटीटीएम छात्र सुरेन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

यस अघि स्टुडेन्ट च्याप्टरको अध्यक्षतामा नाथम कलेजका विद्यार्थी बिनोद खड्का सक्रिय थिए र आफ्नो कार्यकाल समापन लगत्तै उनले अब निबर्तमान अध्यक्ष को रुपमा आफ्नो भूमिका निर्वाह गर्ने भएका हुन् ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर अन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर पाटा नेपालमा आबद्ध हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको एक साझा मञ्च हो, जसले विद्यार्थीहरूलाई पर्यटन क्षेत्र सँगको निकट आबद्धता, सम्बन्ध विस्तार, ज्ञान, शिप तथा दक्षता अभिवृदि र पर्यटन क्षेत्रमा युवा पर्यटन पुस्ताको उज्वल भविष्य निर्माणमा उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

स्टुडेन्ट च्याप्टरको नयाँ कार्य समितिमा अध्यक्ष( सुरेन्द्र न्यौपाने (पब्लिक यूथ, प्रथम उपाध्यक्ष पुकार भण्डारी(क्याथ), द्वितिय उपाध्यक्ष जुबी छुस्याबागा (एनसीटीटीएम), सचिव जिग्मे लामा (मिड भ्याली), सहसचिव श्रध्दा के सी (क्याथ), कोषाध्यक्ष सृष्टी श्रेष्ठ (नाथम), सहकोषाध्यक्ष सनिश लाल श्रेष्ठ (सिल्भर माउन्टेन ) लगायत कार्यकारी सदस्यहरुमा रिजा ब्यन्जनकार (नाथम), निक्सल राई  (आईएसटी), मनिस बज्रचार्य ( आईएसटी), सबिता छेत्री (मिड भ्याली ), रूपक दुलाल (गेट वे), सम्झना ढकाल (मिड भ्याली ), प्राञ्जल भट्टराई (गेट वे), सोनिया तिवारी (पब्लिक यूथ), बिना लामिछाने (एनसीटीटीएम) चयन भएका छन् ।

पाटा नेपाल स्टुडेन्ट च्याप्टरको नयाँ कार्यसमिति सदस्यहरूलाई पाटा नेपालका अध्यक्ष सुनिल शाक्य , महासचिव विभुति चन्द ठाकुर, कोषाध्यक्ष शिव ढकाल र सिईओ सुरेश सिंह बुडालले स्वागत तथा बधाई ज्ञापन गर्दै पाटा नेपाल च्याप्टरको हरेक अभियान तथा कार्यक्रमहरुमा स्टुडेन्ट च्याप्टरले निर्वाह गरेको भुमिका अमुल्य एवम प्रशंसनीय रहेको र आगामि दिनहरुमा स्टुडेन्ट च्याप्टरलाई अझ शसक्त एवम प्रभावकारी रुपमा अगाडी बढाउन पाटा नेपालले सधैँ अभिभावक तथा मार्गदर्शकको रुपमा सहयोग प्रदान गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement