शिव श्री हाइड्रोपावरले आइपीओ जारी गर्न धितोपत्र बोर्डमा माग्यो अनुमति

Advertisement

काठमाडौं । शिव श्री हाइड्रोपावरले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ।  कम्पनीले बोर्डको अनुमतिपश्चात ३३ करोड ५१ लाख १४ हजार रुपियाँ बराबरको आइपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता सेयर पनि थप गरेर सर्वसाधारणलाई कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  कम्पनीले आइपीओ बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटले जनाएको छ।

कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार चार सय कित्ता आइपीओ निष्कासन गरेकोमा तीन लाख ३९ हजार आठ सय ३० कित्ता सेयर मात्र बिकेको थियो ।

Advertisement

Advertisement

Advertisement