द्रुतमार्गको लागत एक खर्ब बढाइँदै, समय पनि दुई बर्ष लम्बिने

सडक विभागसँग छलफल नै नगरी द्रुतमार्गको काम सेनालाई दिँदा समस्याः मन्त्री महासेठ

काठमाडौं । राजधानीलाई तराई–मधेससित जोड्ने फास्टट्र्याक (द्रुत मार्ग)को लागत करिब १ खर्ब बढ्ने भएको छ । निर्माण अवधि झन्डै दुई वर्ष लम्बिने भएको छ । कोरियाली कम्पनी सुसुङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)ले द्रुत मार्गको लागत र निर्माण अवधि दुवै बढ्ने निष्कर्ष निकालेको हो ।

भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार गरेको डीपीआरमा द्रुत मार्गको निर्माण लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । निर्माणको जिम्मा पाएको नेपाली सेनालाई कोरियन कम्पनी सुसुङले दुई साताअघि बुझाएको डीपीआरमा द्रुत मार्ग बनाउन २ खर्ब लाग्ने उल्लेख गरेको जानकारी उच्च सैनिक स्रोतले दिएको छ ।

कान्तिपुर दैनिकबाट ।