जापानी भाषा अध्ययनका लागि निहोन एजुकेशन कल्चर्स केन्द्र स्थापना

Advertisement

काठमाडौँ । काठमाडौंको सुकेधारामा निहोन एजुकेशन कल्चर्सको स्थापना भएको छ । बागमती बोर्डिङ स्कुलमा स्थापना भएको यस संस्थाले जापानिज भाषाका विभिन्न कोर्षहरुको अध्ययन अध्यापन गराउनेछ ।

मंगलबार एक कार्यक्रमकाबीच सांसद भीमसेनदाश प्रधान र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले संयुक्तरुपमा समुद्घाटन गरे । नेपालका लागि जापानी राजदूत सामामिची साइगोले नेपाल जापान सम्बन्ध सांस्कृतिक धार्मिक र आर्थिकरुपमा अत्यन्त मजवुत रहेको भन्दै यस्ता अध्ययन केन्द्रको माध्यमबाट अझ दुई देशबीचको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धको विकासमा मद्दत गर्ने बताए ।

हालै नेपाल सरकार र जापान सरकारबीच भएको उच्चस्तरीय भ्रमण र वैठकका कारण दुई देशबीच श्रम सम्झौता भएको उल्लेख गर्दै राजदूतले जानका लागि दक्ष—अर्धदक्ष कामदारको ठूलो आवश्यकता रहेको, तर जापानिज भाषा र संस्कृतिको जानकार हुनुपर्ने हुँदा त्यसलाई पूरा गर्न यस अध्ययन केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रधानले जसरी भगवान् गौतम बुद्धका कारण नेपाल–जापानबीच सम्बन्ध स्थापित भएको छ, त्यसलाई अझ उचाईमा पुर्याउन यस निहोन एजुकेशन कल्चर्स सेन्टरले सहयोग गर्ने विश्वास लिए । यस एजुकेशन कल्चर्समा अध्यापन गराउने विभिन्न विश्वविद्यालयका प्रोफेसरले गर्दा अध्ययन गर्ने विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने र नेपालीहरुलाई जापानिज भाषा र संस्कृतिको ज्ञान दिन यस एजुकेशन कल्चर्स सेन्टर सफल हुनेमा आपूm विश्वस्त रहेको बताए ।

प्राडा सुरेन्द्र सिटौलाले जापान र नेपालको सम्बन्ध ऐतिहासिक रहेको र त्यसलाई प्राविधिक र गुणस्तरीय शिक्षाबाट समेट्नुपर्ने धारणा राखे । जापान र नेपालबीचको धार्मिक, सांस्कृतिक सम्बन्धका कारण जुन मित्रता कायम भएको छ, त्यसलाई तल्लोस्तरसम्म अझ मजवुत बनाउन यस भाषा केन्द्रले सहयोग गर्ने उद्देश्य लिएको र आउँदो मेबाट बागमती बोर्डिङ स्कुलमा जापानिज भाषाका तीन, चार र पाँच लेवलका कक्षा आमविद्यार्थीहरुका लागि सर्वसुलभ शुल्क लिएर सञ्चालन हुने जानकारीसमेत सिटौलाले दिए ।

Advertisement

Advertisement

Advertisement