हिमालय ऊर्जाको आइपीओ बिक्री खुल्ला, सर्वसाधारणले पनि आवेदन दिन पाइने

Advertisement

काठमाडौं ।  हिमालय ऊर्जा विकास कम्पनीले आज (बुधवार) देखि  १४ लाख ८५ हजार कित्ता आइपीओ बिक्री खुल्ला गरेको छ ।

कम्पनीको उक्त आइपीओमा प्रतिकित्ता एक सय रुपियाँका दरले न्यूनतम ५० कित्तादेखि ६ हजार ५०० कित्तासम्म  आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले कुल आइपीओ मध्य  ४४ हजार पाँच सय ५० कित्ता आइपीओ कर्मचारीलाई र  ७४ हजार  दुई सय ५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ भने  बाँकी सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यस आइपीओमा  यहि  चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म भर्न पाइने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक–वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement